यू–२१ हेटौंडा च्यालेन्ज कप फुटबल प्रतियोगिता हुँदै

तु खबर संवाददाता
२०८० कार्तिक २२,बुधबार ०८:४५
file-photo

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा स्व.सदुर्शन घिमिरे स्मती यू–२१ हेटौंडा च्यालेन्ज कप फुटबल प्रतियोगिता हुँदैछ ।

उक्त प्रतियोगिता एफसी मुण्डियाल हेटौंडाले आयोजना गर्न लागेको हो । प्रतियोगिता ‘राष्ट्रिय खेलाडी बन्ने होड, उत्पादनमा जोड’ भन्ने नारासहित आयोजना गर्न लागिएको प्रतियोगिता संयोजक सुदिप सिंह ठकुरीले जानकारी दिए ।

हेटौंडा उपमहानगरपालिका वडा नम्वर ५ स्थित पिप्ले क्याम्पा रंगशालामा हुने प्रतियोगिता आगामी मंसिर ५ गतेदेखि १३ गतेसम्म संचालन हुने संयोजक ठकुरीले बताए ।

उनका अनुसार, सो प्रतियोगितामा मकवानपुरका ११ वटा र जिल्ला बाहिरका ३ वटा गरी कुल १५ वटा टिमले सहभागिता जनाउनेछन् ।

प्रतियोगिताको विजेता र उपविजेताले क्रमशः १ लाख ११ हजार १११ रुपैयाँ र ५५ हजार ५५५ रुपैयाँ नगदसहित, ट्रफि मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

यसैगरी, विधाग रुपमा उत्कृष्ट हुने ५ जना खेलाडी तथा प्रशिक्षकले नगद ५÷५ हजार रुपैयाँ र प्रतियोगितोका सर्वोउत्कृष्ट खेलाडीले नगद १० हजार प्राप्त गर्ने आयोजकले जनाएको छ ।