मामाघर नेपाल मकवानपुरलाई नगद र जर्सी सेट सहयोग
मकवानपुर । सडक बालबालिका व्यवस्थापनमा सक्रिय मामाघर नेपाल मकवानपुरलाई नगद र जर्सी सेट सहयोग भएको छ ।
मामाघर नेपाललाई हेटौंडा उपमहानगरपालिका वडा नम्वर १ चौकीटोल घर भई हाल अमेरिकामा बस्दै आएका श्याम लामा डिम्डुङ र कृष्ण डिम्डुङ्गले नगद र जिन्सी सहयोग गरेका हुन् ।
सडक जिवनबाट संस्थागत जीवन बाँचिरहेका पुर्व सडक बालबालिकाहरुलाई सहयोग पुग्ने उद्देश्यले नगद ३५ हजार ५ रुपैयाँ र जर्सी सेट १२ थान उपलब्ध गराएको मामाघर नेपालका संरक्षक अर्पण पराजुलीले जानकारी दिए ।
