नक्कली नोटसहित हेटौंडाबाट एक जना पक्राउ
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५ नयाँवस्तीस्थित सडकबाट प्रहरीले नक्कली नोटसहित बिहीबार दिउँसो एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सोही उपमहानगरपालिका–६ बस्ने ३० वर्षीय देवराज चौलागाईँ रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
चौलागाईँलाई ५ सय दरका २० थान नक्कली नोटसहित प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार, प्र.२–०३–००९ प ३८९८ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा स्कुटर चालक चौलागाईँको साथबाट सो परिमाणको नक्कली नोट फेला पारी उनलाई पक्राउ गरिएको हो ।
पक्राउ परेका उनीमाथि प्रहरीले आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको जनाएको छ ।
