हेटौंडामा आजदेखि वडास्तरीय ब्याटमिन्टन हुँदै

तु खबर संवाददाता
२०८० कार्तिक २४, शुक्रबार ०८:५३

मकवानपुर । मकवानपुरको हेटौंडामा आजदेखि वडास्तरीय दोस्रो ब्याटमिन्टन प्रतियोगिता हुँदैछ । प्रतियोगिता हेटौंडा उपमहानगरपालिका ५ नम्वर वडा कार्यालयको आर्थिक सहयोगमा हुने भएको हो ।

उक्त प्रतियोगिता हेटौंडा उपमहानगरपालिका–५ पिप्लेस्थित बालज्योति माविको कभर्ड हलमा हुने भएको संयोजक नरेन्द्र मोक्तानले जानकारीले जानकारी दिए ।

आगामी कात्तिक २६ गते आइतबारसम्म संचालन हुने सो प्रतियोगितामा १६ जोडीले सहभागिता जनाउनेछन् ।

प्रतियोगिताको विजेता र उपविजेताले क्रमशः १५ हजार र १० हजार रुपैयाँ नगद रकमसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।

यस्तै, सेमिफाइनलमा पराजित हुने दुई टिमले जनही २ हजार ५०० रुपैयाँ प्राप्त गर्ने संयोजक मोक्तानले बताए ।