एसईई २०८१ का लागि रजिस्ट्रेसन फाराम आवेदन खुला
काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) का लागि रजिस्ट्रेसन फाराम आवेदन खुला भएको छ ।
राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले एक सूचना जारी गर्दै एसईईको लागि रजिस्ट्रेसन आवेदन खुलाबारे जानकारी गराएको हो ।
शैक्षिक सत्र २०८१ मा एसईई परीक्षाम समावेश हुनका लागि रजिस्ट्रेसन आवेदन खुला गरिएको जारी सूचनामा उल्लेख छ ।
उक्त फारमको लागि आगामी मंसिर मसान्तसम्म आवेदन दिन सकिने र दोब्बर दस्तुरका लागि पुस १ देखि १५ गतेसम्म आवेदन दिन सकिने कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार, फाराम भर्दा ३०० रुपैयाँ राजश्व बुझाउनुपर्ने छ भने दोब्बर दस्तुरमा ६०० रुपैयाँ तोकिएको छ ।
