५ एसपीलाई एसएसपीमा बढुवा गर्न गृहद्वारा सिफारिस
काठमाडौं । गृह मन्त्रालयले ५ जना प्रहरी उपरीक्षक (एसपी) लाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवा गर्न सिफारिस गरेको छ ।
शुक्रबार बसेको बढुवा सिफारिस समितिको बैठकले उक्त निर्णय गरेको हो ।
बैठकले एसपी बसन्त रजौरे, रविकुमार पौडेल, नविराज राई, वीरबहादुर ओली र चन्द्रदेव राईलाई बढुवा गर्न सिफारिस गरेको हो ।
सिफारिसमाथि मन्त्रिपरिषद् बैठकले एक सातापछि निर्णय गर्छ ।
