पहिरोमा पुरिएर डोजर चालकको मृत्यु

तु खबर संवाददाता
२०८० कार्तिक २५,शनिबार १५:१५
file-photo

मान्मा । कर्णाली करिडोर सडक मर्मतका क्रममा पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ ।

करिडोरअन्तर्गत जिरो प्वाइन्ट, कालिकोटको शुभकालिका गाउँपालिका–१ स्थित कालेखोलामा खसेको सुख्खा पहिरोमा पुरिएर डोजर चालकको मृत्यु भएको हो ।

मृत्यु हुनेमा कालिकोट पचालभरना गाउँपालिका–८ खडितोलीका ३० वर्षीय धीर सज्याल रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, शुक्रबार साँझ कर्णाली करिडोर जोड्ने जिरो प्वाइन्टको सडक मर्मत गरिरहेकाबेला माथिबाट चट्टानसहित खसेको पहिरोमा पुरिएर उनी बेपत्ता भएका थिए । उनको १८ घण्टापछि आज बिहान शव फेला परेको हो ।

उक्त घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।