रास्वपाले मंसिर २ देखि ४ गतेसम्म घरदैलो गर्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी मंसिर २ देखि ४ गतेसम्म घरदैलो कार्यक्रमको आयोजना गर्दैछ ।
रास्वपाले प्रदेश र संघीय निर्वाचन सकिएको एक वर्ष पुगेको अवसरमा जनताका गुनासो र सुझाव सुन्न घरदैलो कार्यक्रमको आयोजना गर्न लागिएको जनाएको छ ।
यस्तै, रास्वपाको गत कात्तिक २२ र २३ गतेका लागि तय भई स्थगित गरेको केन्द्रीय र संसदीय दलको बैठक मंसिर ११ देखि १३ सम्म महोत्तरीको जलेश्वरमा गर्ने भएको छ ।
उक्त बैठकमा अधिवेशनको प्रक्रिया र विधि माथि छलफल हुने महामन्त्री ढकालले जानकारी दिए ।