जम्मु–कश्मिरमा बस दुर्घटनाः ३९ जनाको मृत्यु

तु खबर संवाददाता
२०८० कार्तिक ३०,बिहीबार १३:५१

काठमाडौँ । जम्मु– कश्मिरको डोडामा बुधबार भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ३९ पुगेको छ । सो दुर्घटनामा परी १७ जना घाइते भएका छन् ।

सरकारी अधिकारीहरुका अनुसार घुम्तीमा बस नमोडिँदा करिब ३०० फिट तल खसेको छ । बस दुर्घटनाको अनुसन्धान जारी छ ।

यसैबीच प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाहले दुर्घटनाप्रति दुःख व्यक्त गर्दै प्रधानमन्त्री राहत कोषबाट मृतक परिवारलाई २ लाख रुपैयाँ र घाइतेहरुलाई ५० हजार राहत रकम सहयोग गर्ने घोषणा गरेका छन् ।