श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ

तु खबर संवाददाता
२०८० मंसिर १, शुक्रबार ०९:१६

अछाम । अछाममा आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा मङ्गलसेन नगपालिका–३ लाछिमना बस्ने शेरबहादुर भण्डारी रहेका छन् ।

शेरबहादुरलाई आफ्नै श्रीमती अन्दाजी ४० वर्षीया उर्मिला बिष्ट भण्डारीको हत्या गरेको आरोपमा पक्राउ गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, उर्मिलाका माइती पक्षले बुधबार शेरबहादुरको नाममा किटानी जाहेरी दिएको र त्यसपश्चान उनलाई पक्राउ गरिएको हो ।

उक्त घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।