प्रधानमन्त्रीद्वारा अर्थतन्त्र सुधारका लागि बृहत् बैठक आह्वान

तु खबर संवाददाता
२०८० मंसिर १,शुक्रबार १५:२३
file-photo

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अर्थतन्त्र सुधारका लागि बृहत बैठक आह्वान गरेका छन् । उनले यही मंसिर ४ गते बस्ने गरी बृहत बैठक आह्वान गरेका हुन् ।

बैठक बारे प्रधानमन्त्री प्रचण्डले आइतबार तनहुँको आँबु खैरीनीमा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै जानकारी गराएका हुन् ।

कार्यक्रमको क्रममा प्रधानमन्त्री प्रचण्डले आफूले सरकारको नेतृत्व गर्दा अर्थतन्त्र चुनौतीपूर्ण रहे पनि अहिले क्रमशः सुधार भइरहेको बताउँदै बैठक बारे जानकारी गराएका हुन् ।

उक्त बैठकमा अर्थतन्त्रमा गति ल्याउने विषयमा गम्भीर छलफल हुने उनले बताए ।