टिकटकमाथि बन्देज लगाउने सरकारको निर्णयविरुद्धको रिटमा आज सुनुवाइ हुँदै

तु खबर संवाददाता
२०८० मंसिर ४,सोमबार ०८:४२

काठमाडौं । टिकटकमाथि बन्देज लगाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएको रिटमा आज सुनुवाइ हुने भएको छ ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलगायतले दर्ता गराएका उक्त रिटमा आजदेखि सुनुवाइ हुने भएको हो ।

टिकटकमाथि बन्देज लगाउने सरकारको निर्णयविरुद्धमा १० वटा रिट दर्ता भएको छ ।

सरकारको गत कात्तिक २७ गते बसेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् बैठकले टिकटकमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।

सरकारको सो निर्णयसँगै नेपालका अधिकांश इन्टरनेट सेवा प्रदायकहरुले टिकटक नचल्ने बनाएका छन् ।