टिकटकमाथि बन्देज लगाउने निर्णयविरुद्धको रिटमा आज सुनुवाइ नहुने

तु खबर संवाददाता
२०८० मंसिर ४,सोमबार १५:३१

काठमाडौं । टिकटकमाथि बन्देज लगाउने सरकारको निर्णयविरुद्ध परेको रिटमा आज सुनुवाई नहुने भएको छ । उक्त रिटमाथि सोमबार सर्वोच्च अदालतमा सुनुवाइ नहुने भएको हो ।

टिकटक बन्देज गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा १० वटा रिट दर्ता भएको थियो । सो रिट सोमबार न्यायाधीश कुमार चुडालको इजलासमा तोकिएको थियो । तर, उक्त रिट न्यायाधीश चुडालले हेर्न नभ्याउनेमा परेको छ ।

सोमबार नै न्यायाधीश चुडाल र नहकुल सुवेदीको संयुक्त इजलास रहेकोले उनको एकल इजलासमा रहेका मुद्दाहरु हेर्न नभ्याइनेमा परेको सर्वोच्च अदालतले जनाएको छ ।

सरकारको गत कात्तिक २७ गते बसेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् बैठकले टिकटकमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । सरकारको सो निर्णयसँगै नेपालका अधिकांश इन्टरनेट सेवा प्रदायकहरुले टिकटक नचल्ने बनाएका छन् ।