२ सय रुपैयाँले बढ्यो सूनको भाउ

तु खबर संवाददाता
२०८० मंसिर ४,सोमबार १५:२३

काठमाडौं । आज साता कारोकारको दोस्रो दिन अर्थात सोमबार नेपाली बजारमा सुनको भनउ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आइतबार स्थिर रहेको सुनको भाउ सोमबार प्रतितोला २ सय रुपैयाँले बढेको हो ।

भाउ बढेसँगै सोमबार छापावाला सुन प्रतितोला १ लाख १५ हजार ७ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १५ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि आइतबार छापावाल सुन प्रतितोला १ लाख १५ हजार ५ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १४ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको भाउ भने स्थिर रहेको छ । आज चाँदी प्रतितोला एक हजार ४ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि आइतबार पनि सोही मूल्यमा कारोबार भएको थियो ।