कमाने टि–१० प्रिमियर लिगको उपाधी राइडर्सले जित्यो

तु खबर संवाददाता
२०८० मंसिर ४,सोमबार ०८:५४
file-photo

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ८ स्थित कमानेमा सम्पन्न दास्रो संस्करणको कमाने टि–१० प्रिमियर लिग क्रिकेट प्रतियोगिताको उपाधी कमाने राइडर्सले जितेको छ ।

क्रिकेट क्लबको आयोजनामा गत शुक्रबारबाट सुरु भई आइतबार सम्पन्न उक्त प्रतियोगितामा साविक विजेतासमेत रहेका कमाने हन्टर्सलाई ९ विकेट राजित गर्दै राइडर्सले उपाधी जितेको  हो ।

यसर्थ साविक विजेतासमेत रहेका कमाने हन्टर्स उपविजेतामै सिमित भयो । प्रतियोगिताको विजेता र उपविजेताले क्रमशः २५ हजार रुपैयाँ र १५ हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेका छन् ।

खेलको म्यान अफ द म्याच रमेश लुइटेल घोषित भए ।