अवैध लागूऔषधसहित क्षेत्री पक्राउ

तु खबर संवाददाता
२०८० मंसिर ४,सोमबार १७:११
सांकेतिक तस्बिर

स्याङजा । प्रहरीले स्याङ्जाबाट अवैध लागूऔषधसहित एक जनालाई सोमबार दिउँसो पक्राउ गरेको छ ।

प्रहरीले अर्जुनचौपारी गाउँपालिका–१ रैते बस्ने २८ वर्षीय दिलबहादुर क्षेत्रीलाई लागूऔषधसहित पक्राउ गरेको हो ।

क्षेत्रीलाई विशेष सूचनाको आधार पुगेको प्रहरी चौकी अर्जुनचौपारी स्याङ्जाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले उनको साथबाट डाइजेपाम २९ एम्पुल , प्रोमेथाजिन ४२ एम्पुल र ब्रुप्रेनोर्फिन ३९ एम्पुल बरामद गरेको छ ।

पक्राउ परेका उनीमाथि प्रहरीले आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको जनाएको छ ।