आज यी प्रदेशको उच्च पहाडी तथा हिमाली भागमा हिमपातको सम्भावना
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज उच्च प्रहाडी तथा हिमाली भागमा हिमपातको सम्भावना रहेको जनाएको छ ।
महाशाखाले आज कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हिमपातको सम्भावना रहेको जनाएको हो ।
यस्तै, महाशाखाका अनुसार, हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र त्यसको प्रभावले देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागको मौसम सामान्यतया सफा रहेको छ ।
यसैगरी, आज राति लुम्बिनी प्रदेश लगायत कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही सो प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
