चितवनमा मृत अवस्थामा भेटियो पोथी बाघ

तु खबर संवाददाता
२०८० मंसिर ४,सोमबार १७:०३
file-photo

चितवन । चितवनको भरतपुर महानगरपालिका वडा नं. २७ मेघौलीको एक सामुदायिक वनमा पोथी बाघ मृत अवस्थामा भेटिएको छ ।

जिल्लाको हरियाली मध्यवर्ती सामुदायिक वनमा अन्दाजी ७ वर्षको पोथी बाघ मृत अवस्थामा भेटिएको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ ।

निकुञ्जका अनुसार, ती शरीरका विभिन्न ठाउँमा घाउ चोटहरु रहेको अवस्थामा मृत भेटिएको हो ।

बाघ जुधेको हुन सक्ने अनुमान गरिएको भएपनि पुष्टि भइनसकेको र घटनाबारे आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।