चितवन राष्ट्रिय निकुञ्जमा गैंडा र बाघ मृत अवस्थामा फेला

तु खबर संवाददाता
२०८१ बैशाख २५,मंगलवार १५:४१

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा दुलर्भ एक सिंगे गैंडा र एक पाटे बाघ मृत अवस्थामा फेला परेका छन् ।
निकुञ्जको कोर क्षेत्र भिमपुरमा बाघ र नवलपरासीको कावासोती–१५ स्थित मध्यवर्ती क्षेत्रमा गैंडा मृत अवस्थामा फेला परेको निकुञ्नका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए ।
गैंडाको खाग, खुर सुरक्षित रहेकाले प्राकृतिक कारणले मृत्यु भएको हुन सक्ने निकुञ्जका सूचना अधिकारी तिवारीले बताए ।
निकुञ्ज कार्यालय र नेपाली सेनाको नयाँ गोरख गणको संयुक्त गस्ती टोलीले भिमपुरमा मृत बाघ भेटेको उनले बताए ।