बाघको आक्रमणबाट युवती घाइते

तु खबर संवाददाता
२०८० असार २९,शुक्रबार १०:१०
file-photo

कञ्चनपुर । बाघको आक्रमणबाट कञ्चनपुरको बेलौरीमा बिहीबार साँझ एक युवती घाइते भएकी छिन् । बाघको आक्रमणमा परी बेलौरी नगरपालिका–९ डाडाकुण्डाकी २५ वर्षीया बिन्दु डगौंरा घाइते भएकी हुन् ।

जिल्लाको लालझाडी गाउँपालिका–६ चान्देउस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको छेउमा डगौंरालाई बाघले आक्रमण गरेको जनाइएको छ । घाइते उनको धनगढीस्थित नवजीवन अस्पतालमा उपचार भइरहेको छ ।

डगौंरालगायत १०–१२ महिलाको समूह च्याउ टिप्न गएको थियो । सोही क्रममा बाघले डगौंरामाथि आक्रमण गरेको हो । आक्रमणबाट उनको आँखा र टाउकोमा चोट लागेको जनाइएको छ ।