गायक रवि ओड धरौटीमा छुटे

काठमाडौं । वैवाहिक बलात्कारको मुद्दामा प्रहरी नियन्त्रणमा रहेका गायक रवि ओड धरौटीमा छुटेका छन् ।
कञ्चनपुर जिल्ला अदालतको आदेशपछि उनी ५ लाख धरौटीमा बिहीबार छुटेको कञ्चनपुर प्रहरीले जनाएको छ ।
पालिकाका ओडले गत साता इलाका प्रहरी कार्यालय झलारीमा आफैं उपस्थित भएर आत्मसमर्पण गरेका थिए ।
प्रहरीले ५ दिनको म्याद थपेर अनुसन्धान गरिरहेको थियो ।
ओडविरूद्ध वैवाहिक बलात्कार र अप्राकृतिक मैथुनको आरोप लगाउँदै उनकी श्रीमतीले गत चैत्र २० मा उजुरी दर्ता गराएकी थिइन् ।