रवी लामिछानेलाई कारागार बाहिरै बसेर मुद्धा लड्न दिन अदालतद्वारा अस्वीकार

तु खबर संवाददाता
२०८२ श्रावण २६, सोमबार १९:०३

बुटवल । रुपन्देही कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूलाई रिहा गर्न माग गर्दै दायर गरेको निवेदन उपर जिल्ला अदालत रुपन्देहीले माग बमोजिमको आदेश जारी गर्न अस्वीकार गरेको छ ।

सोमबार न्यायाधीश नारायण सापकोटाको इजलासले लामिछानेले बाहिरै बसेर पुर्पक्ष गर्न माग गर्दै निवेदन दिएकोमा सो माग बमोजिमको आदेश दिएन । अब लामिछानेले कारागारमै बसेर मुद्धाको पुर्पक्ष गर्नुपर्नेछ ।

धरौटी बुझाएर थुना बाहिर बसी मुद्धाको पुर्पक्ष गर्न पाउन माग गर्दै लामिछानेले निवेदन दायर गरेका थिए । अदालतले यसलाई अस्वीकार गरेको छ, अब उनी कारागारमै बस्नु पर्ने भएको छ ।

अधिवक्ता स्वागत नेपालका अनुसार, अब लामिछाने यो आदेश विरुद्ध उच्च अदालत जान सक्छन् ।