वीरगन्जका मेयर सिंहलाई धरौटीमा रिहा गर्न आदेश

तु खबर संवाददाता
२०८३ जेष्ठ १९, मंगलवार १८:०४

वीरगन्जका मेयर राजेशमान सिंहलाई जिल्ला अदालत पर्साले धरौटीमा रिहा गर्न आदेश दिएको छ। अदालतले उनलाई ४ लाख १५ हजार धरौटीमा छाड्न आदेश दिएको हो ।

लिखत सम्बन्धी कसुरमा मुख्य न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासले मेयर सिंहलाई ४ लाख र झुटा विवरण पेश गरी नागरिकता बनाइदिएको आरोपमा १५ हजार धरौटी माग गरेको हो ।

गत १२ गते अदालतले उनलाई पक्राउ गर्न पूर्जी जारी गरेको थियो । पक्राउ पुर्जी जारी भएपछि उनी फरार रहेको र प्रहरीले उनलाई ठोरीबाट पक्राउ गरेको थियो । महानगरपालिका प्रमुख सिंहले झुटो विवरण पेश गरी नागरिकता बनाइदिएको आरोप लागेपछि उनी पक्राउ परेका हुन् ।