गोहीको आक्रमणबाट महिलाको मृत्यु

तु खबर संवाददाता
२०८० भाद्र ३१,आईतवार ०९:४६
file-photo

चितवन । चितवनमा गोहीको आक्रमणबाट एक जना महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा पूर्वी चितवनको रत्ननगर नगरपालिका–५ स्थित मगरटोलका ४४ वर्षीय फगुना महतो रहेका छन् ।

शनिबार साँझ महतो डुङ्गाघाट क्षेत्रमा मृत अवस्थामा फेला परेको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ ।

महतो माछा मार्न जाँदा गोहीले आक्रमण गरेको हुनसक्ने जनाइएको छ ।