मकवानपुरमा मान्छे मार्ने बाघ नियन्त्रणमा

तु खबर संवाददाता
२०८० मंसिर ११,सोमबार ०९:२५
file-photo

मकवानपुर । मकवानपुरमा मान्छे मार्ने माघलाई चितवन राष्ट्रिय निकुञ्जले आइतबार नियन्त्रणमा लिएको छ ।

गत कात्तिक ८ गते शुक्रबार बिहान चितवन राष्ट्रिय निकुञ्जबाट आएको बाघको आक्रमणबाट चितवनको राप्ती नगरपालिका बस्ने ४३ वर्षीय हरी पौडेलको मृत्यु भएको थियो ।

उक्त बाघ नियन्त्रणमा लिन निकुञ्जको टोली ४ वटा हात्तीसहित मध्यवर्ती क्षेत्रमा प्रवेश गरेको थियो ।

सो क्रममा चितवन राष्ट्रिय निकुञ्जका नेपाली सेना र निकुञ्जकै सुनाचुरी रेन्ज पोष्टबाट खटिएको प्रविधिकसहितको टोलीले आइतबार राति ९ बजेको समयमा बाघ निकुञ्जकै मध्यवर्ती क्षेत्रबाट नियन्त्रणमा लिएको मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।

नियन्त्रणमा लिएको बाघलाई वन्यजन्तु केन्द्र चितवनतर्फ लगेको प्रहरी नायव उपरीक्षक भण्डारीले बताए ।