माछा मार्ने क्रममा करेन्ट लागेर दुई जनाको मृत्यु

पोखरा । पोखरामा सोमबार माछा मार्ने क्रममा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेहरुमा पोखरा महानगरपालिका–२९ पटेनी डेरा गरी बस्ने ४६ वर्षीय भीमलाल सुनार र उनकी श्रीमती ४६ वर्षीया सावित्री सुनार रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, सोमबार अपराह्न उनीहरूलाई पटनेरीस्थित कुलोमा माछा मार्ने क्रममा करेन्ट लाग्दा दुबै जना गम्भीर घाइते भएका थिए ।
उनीहरुलाई उद्धार गरी अस्पताल पुर्याएकोमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।