काठमाडौंमा दुई छुट्टाछुट्टै समूहको विरोध प्रदर्शन, सुरक्षा व्यवस्था कडा
काठमाडौं । आज काठमाडौंमा दुई छुट्टाछुट्टै समूहको विरोध प्रदर्शन हुँदैछ । त्यसको लागि बिहानैदेखि सुरक्षा व्यवस्था कडा पारिएको छ ।
नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपाल र दुर्गा प्रसाईंको नेतृत्वमा रहेको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपालले काठमाडौंको विभिन्न सात स्थानमा कार्यक्रम गर्न लागिएको हो ।
यस्तै, आज नेकपा एमाले निकट युवा संघले पनि काठमाडौंको तीनकुनेमा प्रदर्शन आयोजना गर्न लागिएको हो ।
प्रदर्शन स्थल र जुलुस आउने बाटोमा १ हजार ५८८ सशस्त्र प्रहरी, काठमाडौंमा २ हजार ६३७ प्रहरी, ललितपुरमा ५६४ प्रहरी र भक्तपुरमा ४०४ जना प्रहरी परिचालन गरिने भएको छ ।
