राष्ट्रिय सभा सदस्यको निर्वाचन मिति घोषणा गर्न सुझाव
काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्यको निर्वाचन मिति घोषणा गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) लाई सुझाव दिएको छ ।
आयोगका सम्पूर्ण पदाधिकारीले बिहीबार प्रधानमन्त्री प्रचण्डलाई भेटेर आगामी माघ ११ गतेका लागि निर्वाचन मिति घोषणा गर्न सुझाव दिएका हुन् ।
सो क्रममा प्रधानमन्त्री प्रचण्डले नेपाल सरकार मन्त्रिपरिषद्बाट आयोगले परामर्श दिएको मितिमा नै निर्वाचन गर्ने गरी निर्णय हुने जानकारी गराए ।
राष्ट्रिय सभाको २० जना सदस्यको आगामी माघ २० गते पदावधि समाप्त हुँदैछ । सो पद रिक्त हुनु अगाबै निर्वाचन आयोगले निर्वाचनको तयारी गरेको हो ।