साता कारोबारको अन्तिम दिन झिनो अंकले बढ्यो नेप्से
काठमाडौं । आज साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार नेप्से परिसूचक झिनो अंकले बढेको छ । बुधबार दोहोरो अंकले बढेको नेप्से आज झिनो अंकले मात्रै बढेको हो ।
आज नेप्से ९.८७ अंकले बढेर १८६० को विन्दुमा रोकिएको छ । यसअघि बुधबार नेप्से परिसूचक २०.६७ प्रतिशतले बढेर १८५०.३३ को विन्दुमा पुगेर रोकिएको थियो ।
यस्तै, आज २९२ कम्पनीको ४४ लाख बढी कित्ता शेयर खरिद बिक्री भएको छ भने १ अर्ब ३४ करोड ८३ लाख रुपैयाँको कारोबार भएको छ ।
बुधबार नेप्सेमा सूचीकृत कुल २९४ कम्पनीहरुको ४२ लाख १३ हजार २८५ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ८ करोड ७० लाख ९८ हजार रुपैयाँको कारोबार भएको थियो ।
बिहीबार बैंकिङ्ग, माइक्रोफाइनान्स लगायतका सूचकमा मात्र राताम्मे भएका छन् । ती बाहेकका अन्य सम्पूर्ण सूचकहरुमा हरियाली छाएको छ ।