सुदर्शन घिमिरे कप : हेटौंडा फुटबल एकेडेमी क्वाटरफाइनलमा प्रवेश
मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा जारी सुदर्शन घिमिरे स्मृति यु–२१ हेटौंडा च्यालेन्ज कप फुटबल प्रतियोगिता अन्तर्गत हेटौंडा फुटबल एकेडेमी क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
शुक्रबार भएको प्रतियोगितामा नील गगन युवा क्लबलाई ट्राइब्रेकरमा ४–१ गोल अन्तरले हराउँदै हेटौंडा ऐकेडेमीले क्वाटरफाइनलमा आफ्नो स्थान बनाएको हो ।
निर्धारित खेल समयमा १–१ गोलको बराबरी भएपछि खेल ट्राइब्रेकरतर्फ धकेलिएको थियो । सो खेलको म्यान अफ द म्याच हेटौंडा फुटबल एकेडेमीका गोलरक्षक अस्मिर गोङ्बा घोषित भए ।
हेटौंडा–५ स्थित पिप्ले क्याम्पा रंगशालामा जारी प्रतियोगिताको फाइनल खेल आगामी मंसिर १३ गते हुने आयोजकले जनाएको छ ।
प्रतियोगिताको विजेता र उपविजेता टिमले क्रमशः १ लाख ११ हजार १ सय ११ रुपैयाँ र ५५ हजर रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।
