दुर्घटनामा परेर खनालको मृत्यु
बुटवल । रुपन्देहीमा सावरी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बुटवल–११ निवासी ४५ वर्षीय शालिग्राम खनाल रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
प्रहरीका अनुसार, बेलवास–बेथरी सडक खण्ड अन्तर्गत बुटवल ११ नहरपुरमा लु १ च ७०२४ नम्वरको बलेरो जीप र लु ६१ प ५५०८ नम्वरको मोटरसाईकल ठोक्किंदा मोटरसाइकलमा सवार खनाल गम्भीर घाइते भएका थिए ।
गम्भीर घाइते उनको उपचारका क्रममा लुम्विनी प्रादेशिक अस्पतालमा मृत्यु भएको हो ।
सो दुर्घटनामा मोटरसाइकल चालक प्यूठान झिमरुक गाउंपालिका १ घर भई हाल बुटवल ११ निवासी २५ वर्षीय शेखर पोखरेल गम्भीर घाइते भएका छन् । उनको भैरहवाको मेडिकल कलेजमा उपचार भैरहेको छ ।
जीप र चालक जितेन्द्र बानियालाई ईलाका प्रहरी कार्यालय बुटवलले नियन्त्रणमा लिई घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।
