मकवानपुरमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

तु खबर संवाददाता
२०८० मंसिर ८, शुक्रबार १५:०७
file photo

मकवानपुर । मकवानपुरमा शुक्रबार बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।

जिल्लाको मनहरी गाउँपालिका वडा नम्वर ६ खयरघारी गाउँदेखि अन्दाजी २ किलोमिटर दक्षिणतर्फ रहेको राप्ति र लोथर खोलाको मध्यवर्ति क्षेत्र अन्तरगत दोभानमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा चितवन राप्ति नगरपालिका वडा नम्वर १ दुबि चौर बस्ने अन्दाजी ४३ वर्षीय हरी पौडेल रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।

प्रहरी नायव उपरीक्षक भण्डारीका अनुसार, बाघको आक्रमणबाट पौडेलको घटनास्थलमै मृत्यु भएको हो ।

उक्त घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।