मकवानपुरमा ‘थाहा फिल्म फेस्टिभल’ सुरु
मकवानपुर । मकवानपुरको उत्तरी क्षेत्र थाहा नगरपालिकामा ‘थाहा फिल्म फेस्टिभल’ सुरु भएको छ ।
मिनि फिल्म सिटि बनाउने उद्देश्यसहित शनिबारबाट नगरपालिकामा पहिलो ‘थाहा फिल्म फेस्टिभल’ सुरु भएको हो ।
उक्त फिल्म फेस्टिभलको बागमती प्रदेशका उद्योग वाणिज्य, भूमी तथा प्रशासन मन्त्री रामकृष्ण चित्रकारले उद्घाटन गरेका हुन् ।
थाहा नगरपालिकाको इन्दायणी चौर क्षेत्रस्थित जेसिज हलमा सुरु भएको फेस्टिभलमा थाहा नगरपालिकामा जन्मेर नेपाली कलाकारिता क्षेत्रमा योगदान दिएका दर्जनभन्दा बढी श्रष्ठाहरुलाई सम्मान गरिएको थियो ।
यस्तै, कार्यक्रममा आधा घण्टाको थाहाको पर्यटन र सास्कृतिक पक्ष समेटिएको बृत्तचित्र प्रस्तुत गरिएको थियो ।
फेस्टिभलमा चलचित्र, लघु चलचित्र, म्युजिक भिडियो, भ्लग लगायत प्रर्दशन हुने आयोजकले जनाएको छ ।
