हेटौंडाबाट खुद्रा सामानसहित चार वटा ट्रक नियन्त्रणमा

तु खबर संवाददाता
२०८० मंसिर १२,मंगलवार ०९:२६

मकवानपुर । मकवानपुर प्रहरीले खुद्रा सामानसहित चार वटा ट्रकलाई सोमबार हेटौंडाबाट नियन्त्रणमा लिएको छ ।

जिल्लाको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५ रातोमाटे चेक प्वाईन्टस्थित पुर्व–पश्चिम सडकखण्डबाट प्रहरीले विभिन्न नम्वरको चार वटा ट्रकलाई नियन्त्रणमा लिएको मकवानपुरका प्रहरी नायव उपरिक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।

प्रहरी नायव उपरीक्षक भण्डारीका अनुसार, रातोमाटेबाट खटिएको चेकिङ टोलीले विरगञ्जबाट आउँदै गरेको सवारी साधनहरुमा बिल बिजक भन्दा बढी खुद्रा सामान बरामद भएपछि ती ट्रकहरुलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीले विरगञ्जबाट काठमाडांैतर्फ जानको लागि आउँदै गरेको ना ८ ख ४८४२ नम्वरको डब्बा गाडी, प्रदेश ३–०१–००५ ख ९८५१ नम्वरको ट्रक, ना ३ ख ५९५० नम्वरको ट्रक र विरगञ्जबाट बुटवलतर्फ जानको लागि आउँदै गरेको ना ४ ख ८७२७ नम्वरको ट्रकलाई नियन्त्रणमा लिएको हो ।

सवारी साधनहरूलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कारबार्हीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया पठाईएको प्रहरी नायव उपरीक्षक भण्डारीले बताए ।