मकवानपुर प्रहरीद्वारा अवैध गाँजा खेती नष्ट

तु खबर संवाददाता
२०८० मंसिर १२,मंगलवार ०९:०२
file-photo

मकवानपुर । मकवानपुर प्रहरीले जिल्लाको विभिन्न स्थानमा लगाइएको लागूऔषध गाँजा खेती नष्ट गरेको छ ।

प्रहरी टोली परिचालन गरी जिल्लाको राक्सिराङ र कैलाश गाउँपालिकाको विभिन्न स्थानमा लगाइएको ३४ बिगाहा १५ कठ्ठा गाँजा खेती नष्ट गरेको मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।

उनका अनुसार, जिल्लाको राक्सिराङ गाउँपालिका र कैलाश गाउँपालिकाको विभिन्न वडामा लगाइएको गाँजा खेती नष्ट गर्नको लागि आइतबारबाट १ सय जना प्रहरी टोली परिचालन गरेको थियो ।

ती परिचालित प्रहरी टोलीले सोमबार राक्सिराङ गाउँपालिका वडा नम्वर ६ स्थित बान्द्राङ, सिराधुनी, वडा नं.८ स्थित गैरीडाँडा, गढीडाँडा एरियामा लगाइएको अन्दाजी २० बिगाहा १५ कठ्ठा गाँजा खेती फडानी गरेको प्रहरी नायव उपरीक्षक भण्डारीले बताए ।

यसैगरी, सोही टोलीले जिल्लाको कैलाश गाउँपालिका– १ स्थित धुसाहा, डाँडाखर्क, भोर्लाडाँडा, डाँडाबारी, वडा नम्वर २ स्थित बैकुण्ठडाँडा, जलेखु एरियामा लगाइएको अन्दाजी १४ बिगाहा गाँजा फडानी गरेको उनले बताए ।