घुस रकमसहित प्रहरीका सई पक्राउ
बर्दिया । सेवाग्राहीसँग घुस मागेको आरोपमा मंगलबार नेपाल प्रहरीका एक जना प्रहरी अधिकारी पक्राउ परेका छन् ।
सेवाग्राहीसँग ३० हजार रुपैयाा घुस मागेको आरोपमा प्रहरी नायब निरीक्षक (सई) पवन साउद पक्राउ परेका हुन् ।
उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नेपालगञ्जस्थित सम्पर्क कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको हो ।
बढैयाताल गाउँपालिका–६ स्थित इलाका प्रहरी कार्यालयमा कार्यरत साउदलाई घुस रकमसहित कार्यालयको मुद्दा शाखाबाट पक्राउ गरेको हो ।
पक्राउ परेका उनमाथि प्रहरीले आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको जनाइएको छ ।
