नगरस्तरीय शैक्षिक समन्वय समितिको अध्यक्षमा लुइटेल

तु खबर संवाददाता
२०८० मंसिर १२,मंगलवार १०:२२

मकवानपुर । नगरस्तरीय शैक्षिक समन्वय समितिको अध्यक्षमा भोगेन्द्र लुइटेल निर्वाचित भएका छन् ।

निर्वाचन समितिले सोमबार सर्वसम्मत लुइटेलको नेतृत्वमा समन्वय समिति गठन गरेको हो ।

यस्तै, समितिको उपाध्यक्षमा प्रतिमा गौतम, सचिवमा जनक धिताल, सहसचिवमा पूर्णचन्द्र काफ्ले र कोषाध्यक्षमा दिनेश उप्रेती निर्वाचित भएका छन् ।

यसैगरी सदस्यहरुमा क्रमशः प्रेमप्रसाद पौडेल, सम्झना अधिकारी, आइतसिं ब्लोन, कृष्णप्रसाद पोखरेल, बालकुमार श्रेष्ठ, लक्ष्मी खनाल, श्याम सुन्दर शर्मा, विष्णुहरि गौतम, मुकेश कुमार मिश्र र सरस्वती चयन भएका छन् ।

समितिका सदस्य कृष्णप्रसाद पोखरेललाई परीक्षा उपसमितिको संयोजक तोकिएको छ ।

नवनिर्वाचित कार्यसमितिमध्येबाटै एक जनालाई अतिरिक्त क्रियाकलाप उपसमितिको संयोजक बनाइने समन्वय समितिका निवर्तमान अध्यक्ष सागरप्रसाद खतिवडाले बताए ।