आज नेप्सेमा गिरावट, फेरी १८ सयको विन्दुमा फर्कियो

तु खबर संवाददाता
२०८० मंसिर ११,सोमबार १६:४५

काठमाडौं । आज साता कारोबारको दोस्रो दिन अर्थात सोमबार नेप्सेमा गिरावट आएको छ । आइतबार उकालो लागेको नेप्से सोमबार फेरी ओरालो लागेको हो ।

साता कारोबारको अघिल्लो दिन ४७ अंकले बढेको नेप्से दोस्रो दिन ११.२७ अंकले घटेर फेरी १८ सयको विन्दुमा फर्किएको हो । आइतबार उकालो लागेर १९०५ को विन्दुमा कायम भएको नेप्से आज फेरी १८९७ को विन्दुमा कायम भएको हो ।

सोमबार शेयर बजारमा २९० कम्पनीको ६० लाख १७ हजार कित्ता शेयर खरिद बिक्री हुँदा १ अर्ब ७५ करोड रुपैयाँ बढीको कारोबार भएको छ ।

यसअघि आइतबार नेप्सेमा सूचीकृत भएका २९४ कम्पनीको ६५ लाख ३० हजार कित्ता शेयर खरिद बिक्री भएको छ भने २ अर्ब ११ करोड रुपैयाँ बढीको कारोबार भएको थियो ।

यस्तै, आज शेयर बजारमा अधिकांश उपसूचकहरु राताम्मे भएका छन् ।