समाचार
आज देशभरका फिल्म हल बन्द हुने
काठमाडौं । आज सोमबार देशभरका फिल्म हल बन्द हुने भएको छ । नेपाल चलचित्र संघले सरकारले लगाएको अव्यवहारिक करहरूको खारेजीको माग गर्दै देशभरका फिल्म हलहरू बन्द गर्ने निर्णय गरेको हो । संघले चलचित्र क्षेत्रलाई विभिन्न करहरूको नाममा ३३ प्रतिशतभन्दा बढी करहरू तिर्न बाध्य पारिएको भन्दै मूल्य अभिवृद्धि कर तथा...
माओवादी केन्द्रको संसदीय दलको बैठक बस्दै
काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक आज बस्दैछ । आजै दिउँसोदेखि सुरु हुने संघीय संसद्को हिउँदे अधिवेशनका विषयमा तयारी गर्न दलको बैठक आहजान गरिएको हो । बैठक सिंहदरबारस्थित दलको कार्यालयमा बस्ने भएको हो । बैठकमा दलका नेता एवम् प्रधानमन्त्री पुष्पकमल दाहालसमेत उपस्थित हुने कार्यक्रम छ...
संसदको हिउँदे अधिवेशन आजबाट
काठमाडौं । संघीय संसद्को हिउँदे अधिवेशन आजबाट सुरु हुँदैछ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले आह्वान गरेअनुसार हिउँदे अधिवेशनको पहिलो बैठक आज बस्ने भएको हो । बैठक अपराह्न ४ बजे संसद् भवन नयाँबानेश्वरमा बस्ने गरी आह्वान गरिएको हो । आज पहिलो दिनको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको...
यस्तो छ संसद् बैठकको सम्भावित कार्यसूची
काठमाडौं । सोमबार बस्ने संघीय संसद् बैठकको सम्भावित कार्यसूची तय गरिएको छ । संसद्का महासचिव पद्यमप्रसाद पाण्डेले आइतबार सम्भावित कार्यसूची सार्वजनिक गरेको हो । सार्वजनिक गरेको संघीय संसद्को सम्भावित कार्यसूचीमा सभामुखले राष्ट्रपतिको अधिवेशन आह्वानबारे पत्र पढेर सुनाउने, राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको पत्र पढेर सुनाउने, बैठकको अध्यक्षता गर्ने सांसदहरूको...
जसपा अध्यक्ष उपेन्द्र यादव हेटौंडा आउँदै
मकवानपुर । जनता समाजवादी पार्टी (जसपा) का केन्द्रीय अध्यक्ष उपेन्द्र यादव आगामी बुधबार हेटौंडामा आउने भएका छन् । हेटौंडामा नगस्तरीय समिति घोषणा कार्यक्रममा सहभागी हुन अध्यक्ष यादव आउन लागेको जसपा मकवानपुरले जनाएको छ । जसका अनुसारका अनुसार, हेटौंडामा पहिलो पटक समिति घोषणा हुन लागेको हो । यसअघि नगर संयोजकमात्र...
अवैध लागूऔषधसहित ७ जना पक्राउ
काठमाडौं । प्रहरीले अवैध लागूऔषधसहित ७ जनालाई पक्राउ गरेको छ । प्रहरीले बाँके, सुर्खेत र कपिलवस्तु जिल्लाको छुट्टाछुट्टै स्थानबाट लागूऔषधसहित उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले बाँकेको नेपालगंज उपमहानगरपालिका–१५ जमुनाहबाट अवैध लागूऔषध ब्राउनसुगर ६ ग्रामसहित शनिबार दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले कन्चनपुर महेन्द्रनगर नगरपालिका–३ बस्ने २९ वर्षीय...
१२ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बोलकबोल गर्दै राष्ट्र बैंक
काठमाडौं । नेपाल राष्ट्र बैंकले यही माघ २२ गते भोलि सोमबार १२ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्ने भएको छ । केन्द्रीय बैंकले जारी गर्ने गरी १८२ दिने र ३६४ दिने गरी दुई किसिममा उक्त ट्रेजरी बोलकबोल गर्न लागेको हो । मंगलबार जारी हुने ट्रेजरी नयाँ नभएर यसअघि...
आइतबार नेप्से घट्यो
काठमाडौँ । आज साता कारोबारको पहिलो दिन अर्थात आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) घटेको छ । आज नेप्से ५.३१ प्रतिशतले घटेर २०६१.७० बिन्दुमा बन्द भएको हो । यस्तै, आइतबार ३०७ कम्पनीको ९२ लाख ७२ हजार ७८२ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब २१ करोड ६७ लाख रुपैयाँको कारोबार भएको...
राष्ट्रियसभाका अध्यक्षको निर्वाचन गर्न प्रस्ताव
काठमाडौं । राष्ट्रियसभाको अध्यक्षको निर्वाचन गर्न प्रस्ताव गरिएको छ । राष्ट्रियसभा अध्यक्षको निर्वाचन आगामी फागुन २९ गते गर्न प्रस्ताव गरिएको हो । आगामी फागुन २० गते राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित २० सांसद विदाइ हुँदैछन् । सभाको अध्यक्ष पद रिक्त भएपछि त्यसको एक साताभित्र निर्वाचन गर्नेबारे राष्ट्रियसभाले कार्यतालिका बनाएको हो...
एमाले धादिङको अधिवेशन अनिश्चितकालका लागि स्थगित
काठमाडौं । नेकपा एमाले धादिङको नवौं जिल्ला अधिवेशन अनिश्चितकालका लागि स्थगित भएको छ । बन्दसत्र सुरु हुनुअगावै अधिवेशन स्थलमा झडप भएपछि एमाले बागमती प्रदेशका अध्यक्ष कैलाश ढुंगेलले आइतबार बिहान विज्ञप्ति जारी गर्दै अधिवेशन अनिश्चितकालको लागि स्थगित गरेका हुन् । उनले जिल्ला अध्यक्ष भूमिप्रसाद त्रिपाठीले अधिवेशनमा जबरजस्ती प्रस्ताव पेस गर्दै...










