सुनको भाउ ३०० रुपैयाँको गिरावट
काठमाडौं । नेपाली बजारमा आज मंगलबार सुनको भाउ गिरावट आएको छ । दुई दिनको स्थिरतापछि स्थानीय बजारमा सुनको भाउ प्रतितोला ३०० रुपैयाँले घटेका नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
भाउ घटेसँगै आज छापावाल सुन तोलामा १ लाख १७ हजार ७०० रुपैयाँ र तेजाबी सुन तोलामा १ लाख १७ हजार ४५० रुपैयाँमा कारोबार भएको छ ।
यसअघि हिजो सोमबार छापावाल सुन तोलामा १ लाख १८ हजार रुपैयाँ र तेजाबी सुन तोलामा १ लाख १७ हजार ४५० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी प्रतितोला १ हजार ३ सय ९५ रुपैयाँ छ । सोमबार पनि सोही मूल्यमा चाँदी कारोबार भएको थियो ।
