समाचार
आजको मौसमः पश्चिमी वायुको प्रभाव रहने
काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी प्रदेशमा मौसम सफा रहेको छ । आज दिउँसो कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली...
राक्सिराङमा भाइरल ज्वरोको कारण एकै पटक ४१ जना विरामी
हेटौंडा । मकवानपुरमा भाइरल ज्वरोको कारण एकै पटक ४१ जना विरामी भएका छन् । जिल्लाको राक्सिराङ गाउँपालिका वडा नम्वर ९ टर्लिङ भन्ने गाँउमा भाइरल ज्वरोको कारण ४१ जना बिरामी भएको प्रहरी चौकी कान्द्राङले जनाएको छ । प्रहरीको अनुसार उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ । विरामीहरुको उपचारको लागि स्वास्थ्य...
झरनाले ९ जनालाई सम्मान गर्ने
हेटौंडा । झरना साहित्यिक परिवारले विभिन्न क्षेत्रका ९ जना स्रष्टालाई सम्मान गर्ने भएको छ । संस्थाको ३१ औँ वार्षिक उत्सव तथा बकैया कला–साहित्य महोत्सव २०८० को अवसरमा यस वर्ष प्रदान गरिने पुरस्कार तथा सम्मानबारे जानकारी गराइएको हो । यस वर्षको होमनाथ–टीकामाया प्रतिभा सम्मान २०७९ बाट काठमाडौँकी डा. गीता त्रिपाठी...
ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
कपिलवस्तु । कपिलवस्तुमा सोमबार सवारी दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ । जिल्लाको बुद्धभूमि नगरपालिका–९ ईमिलियास्थित सडकमा लु.४ त ५१११ नम्बरको ट्याक्टरले लु.५५ प ८६८७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक शिवराज नगरपालिका–१ भलुही बस्ने १७ वर्षीय ईश्वर...
प्रतिनिधिसभामा दुई वटा विधेयक टेबुल
काठमाडौं । राष्ट्रिय सभाबाट पारित भएर सन्देशसहित आएका दुई वटा विधेयक सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा टेबुल भएका छन् । बैठकमा विद्युतीय व्यापार विधेयक, २०८० र राष्ट्रिय मर्यादासम्बन्धी विधेयक, २०७९ सभामा टेबुल भएको हो । उक्त विधेयक संघीय संसदमा कार्यवाहक महासचिव पद्मप्रसाद पाण्डेयले सभामा पेस गराएका हुन् । यस्तै,...
आगलागी हुँदा दाजु–बहिनीको मृत्यु
सुर्खेत । मुगुमा आगलागी हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्लाको खत्याड गाउँपालिका–२ गाडेखोलामा आइतबार राति १ बजे आगलागी हुँदा दाजु–बहिनीको मृत्यु भएको प्रहरीले जनाएको छ । आगलागीमा परेर स्थानीय लालु सञ्ज्यालका १४ वर्षीय छोरा विशाल र १२ वर्षीया छोरी झरनाको मृत्यु भएको हो । प्रहरीका अनुसार, आज...
चोरीमा संलग्न मकवानपुरका चार जना पक्राउ
मकवानपुर । प्रहरीले विभिन्न स्थानबाट मोटरसाइकल र स्कुटर चोरी गरेको घटनामा संलग्न मकवानपुरका चार जनालाई पक्राउ गरेको छ ।प्रहरीले ललितपुर र काठमाडौं जिल्लाको छुट्टाछुट्टै स्थानबाट उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले ललितपुरका विभिन्न स्थानबाट स्कुटर चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा...
नेप्सेमा १४ अंकको वृद्धि
काठमाडौं । आज साता कारोबारको दोस्रो अर्थात सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा १४ अंकको वृद्धि भएको छ । यस्तै, २ अर्ब ४३ करोड ८० लाख रुपैयाँ बराबरको ७४ लाख ९१ हजार कित्ता सेयर किनबेच भएको छ भो १४८ वटा कम्पनीको सेयर मूल्य बढ्दा ८६ वटा कम्पनीको मूल्यमा भने...
पानीमा डुबेर १० वर्षीय बालकको मृत्यु
काठमाडौं । राजधानीको चन्द्रागिरी नगरपालिका–१० बुद्वमन्दिर परिसरभित्र निर्माणाधिन भवनको रिजर्व पानीमा डुबेर एक जनाको मृत्यु भएको छ । रिजर्व पानीमा डुबेर सोही ठाउँ बस्ने घादिङ गजुरी गाउँपालिका घर भएका सरिता तामाङको छोरा १० वर्षीय सबिन तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, खेल्ने क्रममा डुबेर घाइते भएका...
अब सांसदहरुको दैनिक उपस्थिति सार्वजनिक गरिने
काठमाडौं । अबदेखि संसदमा उपस्थित हुने सांसदहरुको विद्युतीय हाजिरी हुने र दैनिक सार्वजनिक गरिने भएको छ । सोमबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले उक्त निर्णय गरेको हो । बैठकले तेस्रो अधिवेशनदेखि प्रतिनिधि सभा बैठकको कार्यतालिका लागू गर्ने निर्णय अनुसार उक्त व्यवस्था गर्ने निर्णय गरेको हो । बैठकमा सभामुख देवराज...










