समाचार
पूर्वमन्त्री बुढाथोकीको निधनमा कांग्रेसले तीन दिन पार्टीको झण्डा झुकाउने
काठमाडौं । पूर्व सामान्य प्रशासनमन्त्री एवम् नेपाली कांग्रेसका केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीको निधनमा कांग्रेसले तीन दिन पार्टीको आधा झण्डा झुकाउने निर्णय गरेको छ । मंगलबार बिहान पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय समितिको आकस्मिक बैठकले उक्त निर्णय गरेको हो । बैठकले माघ २३, २४ र २५ गतेसम्म केन्द्र, प्रदेश र...
लागूऔषध खैरो हेरोइनसहित दुई जना पक्राउ
मोरङ । बिराटनगर महानगरपालिका–१३ बिराटनगर आँखा अस्पताल छेउबाट अवैध लागूऔषध खैरो हेरोइनसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले लागूऔषध खैरो हेरोइन करिब ९ ग्राम ९ मिलिग्रामसहित भारत घर भएका २६ वर्षीय सहजात अली समेत २ जनालाई पक्राउ गरेको हो । उनीहरुलाई ईलाका प्रहरी कार्यालय रानी र लागूऔषध...
पट्का कारखानामा आगलागी हुँदा कम्तीमा २५ जना घाइते
मध्य प्रदेश । भारतको मध्य प्रदेशको हरदा जिल्लामा एउटा पट्का कारखानामा भीषण आगलागी हुँदा कम्तीमा २५ जना घाइते भएका छन् । न्यूज एजेन्सी एएनआईका अनुसार हरदा बैरागढस्थित पट्का कारखानामा विस्फोट हुँदा उनीहरु घाइते भएका हुन् । यस घटनामा कारखानाभित्रका कयौँ कामदार कारखानाभित्रै थुनिएको आशङ्का गरिएको छ । आगोको लप्कामा...
जापानद्वारा २४० वटा जुडो पोसाक हस्तान्तरण
काठमाडौं । जापान सरकारले नेपाल जुडो संघलाई २४० वटा जुडो पोसाक हस्तान्तरण गरेको छ । नेपालका लागि जापानका राजदूत किकुता युताकाले नेपाल जुडो संघलाई २४० वटा जुडो पोसाक हस्तान्तरण गरेका हुन् । काठमाडौंस्थित जापानी राजदूतावासमा भएको कार्यक्रममा उक्त पोसाक हस्तान्तरण गरिएको हो । जापान सरकारको खेलकुद कूटनीति अभिवृद्धि परियोजनाअन्तर्गत...
उच्च र जिल्लाका १२ न्यायाधीशको सरुवा
काठमाडौं । न्याय परिषद्ले उच्च र जिल्ला अदालतका १२ जना न्यायाधीशहरूको सरुवा गरेको छ । न्यायपरिषद्ले उच्च अदालतका सुर्खेतका न्यायाधीश रामेश्वर रेग्मीको उच्च अदालत पाटनमा, सुर्खेतकै अर्का न्यायाधीश काजी बहादुर राईको उच्च अदालत विराटनगरको इलाम इजलास र उच्च अदालत तुलसीपुरको बुटवल इजलासका न्यायाधीश विष्णु प्रसाद अर्यालको तुलसीपुर उच्च अदालतमा...
पाठेघरको मुखको क्यान्सर विरुद्ध किशोरीलाई खोप
काठमाडौँ । पाठेघरको मुखको क्यान्सर रोकथामका लागि २० हजार किशोरीलाई खोप लगाइएको छ । १४ वर्षदेखि १५ वर्ष उमेरका २० हजार किशोरीलाई पाठेघरको मुखको क्यान्सर रोकथामका लागि एचपीभी खोप लगाइएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, महिलामा देखिने क्यान्सरमध्ये बढी मात्रमा पाठेघरको मुखको क्यान्सर भएकाले सो...
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
काठमाडौं । बैंकिङ कसुर मुद्दाका फरार एक प्रतिवादीलाई प्रहरीले सोमबार पक्राउ गरेको छ । प्रहरीले उदयपुर त्रियुगा नगरपालिका– ८ घर भई काठमाडौं महानगरपालिका–३१ बस्ने ३२ वर्षीय ईश्वर बिकास श्रेष्ठलाई पक्राउ गरेको हो । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं गौशालाबाट पक्राउ गरेको हो । प्रहरीका...
एम्बुलेन्सको ठक्करबाट एक जनाको मृत्यु
काठमाडौं । काठमाडौंको सिनामंगलमा एम्बुलेन्सको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा उदयपुर घर भएका ३५ वर्षीय दिपक राई रहेका छन् । मधेश प्रदेश ००१ प ११३४ नम्बरको एम्बुलेन्सले ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए । गम्भीर घाइते भएका उनको केएमसी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको...
मकवानपुरमा भिरबाट लडेर पुरुषको मृत्यु
मकवानपुर । मकवानपुरमा भिरबाट लडेर एक पुरुषको मृत्यु भएको छ । जिल्लाको कैलाश गाउँपालिका वडा नम्वर ७, चाइरङडाँडास्थित टुर्डुङग् बस्ने अन्दाजी ५० वर्षीय आइतराम चेपाङको भिरबाट लडेर मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, चेपाङको कैलाश गाउँपालिका–३, कालिकाटार बजारबाट घर फर्कने क्रममा गोरेटो बाटोबाट अन्दाजी २०० मिटर...
भिमफेदीमा टिपर दुर्घटना, एक जना घाइते
मकवानपुर । त्रिभुवन राजपथ अन्तरगत पर्ने मकवानपुरको भैंसे–हेटौंडा सडकखण्डमा आज बिहान टिपर दुर्घटना हुँदा एक जना घाइते भएका छन् । जिल्लाको भीमफेदी गाउँपालिका वडा नम्वर १ बाघझोरास्थित बा.प्र.०३–००१ क ५४३ नम्वरको खाली टिपर आँफै अनियन्त्रित भई सडकबाट अन्दाजी १०० मिटर तल खस्न गई दुर्घटना हुँदा एक जना घाइते भएका...










