आज ललिता निवासको फैसला सुनाउने तयारी

तु खबर संवाददाता
२०८० फाल्गुन ३,बिहीबार ०९:३४

काठमाडौं । बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणको मुद्दामा आज फैसला सुनाउने तयारी गरिएको छ ।

विशेष अदालतले ललिता निवास सरकारी जग्गा हिनामिनासम्बन्धी मुद्दाको फैसला तयार भएकोले आज सुनाउने तयारी गरेको हो ।

विशेष अदालतका न्यायाधीशहरु खुशीप्रसाद थारु, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासमा उक्त मुद्दा एक महिनादेखिको निरन्तर सुनुवाइपछि मङ्गलबार सकिएको थियो ।