एमाले सचिवालय बैठक बस्दै

तु खबर संवाददाता
२०८० फाल्गुन ३, बिहीबार ०८:४८
file-photo

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्ने भएको छ । बैठक बिहीबार दिउँसो ३ बजे बस्ने गरी आह्वान गरिएको हो ।

बैठकका एजेण्डा र समसामयिक राजनीतिक विषयहरूमा छलफल गर्न बैठक आह्वान गरिएको एमाले उपमहासचिव पृथ्वी सुब्बा गुरुङले जानकारी दिए ।

बुधबार पनि महासचिव शंकर पोखरेलको नेतृत्वमा केन्द्रीय कार्यालयमा बैठक बसेको थियो । नेताहरूका अनुसार, फागुन दोस्रो साता केन्द्रीय कमिटीको पूर्ण बैठक बोलाउने तयारी भइरहेको छ ।