बागमती गोल्डकपः आज एनआरटी र नव जनजागृतीबीच प्रतिस्पर्धा हुँदै

तु खबर संवाददाता
२०८० फाल्गुन ३,बिहीबार ०८:३५

मकवानपुर । मकवानपुरको बागमती गाउँपालिकामा जारी छैठौंं संस्करणको बागमती गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत आज बिहीबारबाट क्वाटरफाइनलका खेलहरु सुरु हुँदैछ ।

बागमती–८ स्थित जनता माविको खेल मैदानमा हुने पहिलो क्वाटरफाइनल खेलमा न्युरोड टिम (एनआरटी) र सिमराको नव जनजागृती युवाबीच प्रतिस्पर्धा हुनेछ ।

दुई टिमबीचको खेल दिउँसो १ बजे सुरु हुनेछ । विजयी टिमले सेमिफाइनलमा स्थान बनाउने छ । क्वाटरफाइनल अन्तर्गत शुक्रबार विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ क्लब, शनिबार मछिन्द्र फुटबल क्लब र जावलाखेल युथ क्बल र आइतबार आयोजक बागमती खेलकुद विकास समिती र विभागीय टोली त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगिताको फाइनल खेल फागुन १० गते हुनेछ । प्रतियोगिताको विजेता र उपविजेत टिमले क्रमशः १० लाख रुपैयाँ र ५ लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।

यस्तै सर्वोत्कृष्ट खेलाडीले १ लाख १ हजार रुपैयाँ र अन्य विधागत उत्कृष्टले २५–२५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।