‘बालबालिकासँग वडाध्यक्ष’ कार्यक्रम

तु खबर संवाददाता
२०८० फाल्गुन २, बुधबार १८:०६

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ३, बसामाडीमा ‘बालबालिकासँग वडाध्यक्ष’ कार्यक्रमको आयोजना गरिएको छ ।

हेटौंडा–३ नम्बर वडा कार्यालयको आर्थिक सहयोगमा भएको कार्यक्रम वडा बाल सञ्जालले आयोजना गरेको हो ।

कार्यक्रम वडा बाल सञ्जालका अध्यक्ष सक्षम चौलागाईंको सभाध्यक्षता तथा हेटौंडा–३ का वडाध्यक्ष ढलकबहादुर थापाको प्रमुख आतिथ्यतामा भएको हो ।

कार्यक्रममा बालमैत्री सम्पर्क व्यक्ति तथा वडा सदस्य सविना विडारी, देवकी विक, हर्कबहादुर पाख्रिन तथा वडा सचिव महेन्द्र चापागाईंको सहभागिता रहेको थियो ।

यस्तै, कार्यक्रममा बालउज्ज्वल माविका प्रधानाध्यापक शम्भुप्रसाद बर्तौला, महेन्द्र किरण माविकी प्रधानध्यापक तारा गौतम, वडा शिक्षा समिति सदस्य टेकनाथ शिवाकोटी र टोल विकास संस्था वडा समन्वय समिति अध्यक्ष रोशन गोलेलगायत मन्तव्य व्यक्त गरेका थिए ।