बुधबार सेयर बजारमा सामान्य अंकको वृद्धि
काठमाडौं । आज साता कारोबारको चौथो अर्थात बुधबार सेयर बजारमा सामान्य अंकको वृद्धि भएको छ । आज नेप्से ५.९१ अंकले वृद्धि भएको हो ।
कारोबार सुरु भएको समयमा सामान्य घटबढ भएपनि आज बुधबार नेप्से परिसूचक ५ अंकको वृद्धिसँगै २०७६ अंकमा पुगेर बन्द भएको छ ।
नेप्सेमा १३२ वटा कम्पनीको मूल्य बढेको छ । यस्तै, १११ कम्पनीको मूल्य घट्दा ४ कम्पनीको भने घटेको छ ।
सो क्रममा आज ४ अर्ब २५ करोड रुपैयाँ बराबरको १ करोड २३ लाख कित्ता सेयर कारोबार भएको छ ।