समाचार
निर्वाचन आयोगद्वारा उपनिर्वाचन हुने क्षेत्रमा मतदाता नामावली दर्ता गर्न आह्वान
काठमाडौं । निर्वाचन आयोग नेपालले उपनिर्वाचनका लागि मतदाता नामावली दर्ता गर्न आह्वान गरेको छ । रिक्त भएका विभिन्न २३ पदमा उपनिर्वाचन गर्ने तयारी गरेको निर्वाचन आयोगले सम्बन्धित स्थानीय तह र निर्वाचन क्षेत्रमा चुनावको मिति तोकिनुअघि नै छुटेका र उमेर पुगेकाले नामावली दर्ता गर्न आह्वान गरेको हो । यसअघि २०७९...
माओवादी संसदीय दलको बैठक मंगलबार पनि जारी रहने
काठमाडौं । नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक मंगलबार पनि जारी रहने भएको छ । भोलि बिहान ९ बजेबाट सुरु हुने बैठक सिंहदरवारमा बस्ने जनाइएको छ । सोमबार बसेको बैठकमा सुरुमै पार्टीका संसदीय दलका नेता एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हिउँदे अधिवेशनका सन्दर्भमा सरकारले गरेको तयारीका विषयमा जानकारी गराएका...
स्थापना दिवसको अवसरमा प्रभातफेरी
मकवानपुर । प्रेस चौतारी नेपालको २६ औं स्थापना दिवसको अवसरमा सोमबार बागमती प्रदेशको राजधानी हेटौंडामा प्रभातफेरी कार्यक्रमको आयोजना गरिएको छ । प्रेस चौतारी नेपाल मकवानपुर शाखाले प्रभातफेरी कार्यक्रमको आयोजना गरेको छ । हेटौंडाको सिमाचोकबाट सुरु भएको प्रभातफेरी कार्यक्रम बुद्धचोकमा पुगेर पुनः सिमाचोकमा आएर कोणसभामा परिणत भएको थियो । कार्यक्रम...
दुई संसदीय समितिको बैठक आह्वान
काठमाडौं । आज दुई वटा संसदीय समितिको बैठक आह्वान गरिएको छ । आज संघीय संसद् प्रतिनिधि सभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र राष्ट्रिय भसा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक आह्वान गरिएको हो । जसअनुसार, आज दिउँसो १ बजेबाट स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्ने...
क्यान्सर दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रम
मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा क्यान्सर दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । बागमती प्रदेश स्वास्थ्य निर्देशनालयले हेटौंडाका विभिन्न विद्यालय र क्याम्पस पीडितहरुको उपस्थितिमा सिद्धार्थ माविको सभाहलमा उक्त अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रम बागमती प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक दिपक प्रसाद तिवारीको सभाध्यक्षतामा भएको हो ।...
मनहरीमा उपाध्यक्ष पुरुष भलिबल प्रतियोगिता हुँदै
मकवानपुर । मनहरीमा प्रथम उपाध्यक्ष पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । मनहरी गाँउपालिका खेल विकास समितिकोको आयोजना र मनहरी गाउँपालिकाको आर्थिक सहयोगमा उक्र प्रतियोगिता हुने भएको हो । आइतबार आयोजक समितिले मनहरी –७ स्थित रोटरी मार्केटमा पत्रकार सम्मेलनमार्फत सो प्रतियोगिताबारे जानकारी गराएको हो । प्रतियोगीता माघ २३ गतेदेखि...
रेडियो मकवानपुरद्वारा वक्तृत्वकलाको आयोजना, उप्रेती प्रथम
मकवानपुर । रेडियो मकवानपुरले बालमैत्री नगर निर्माणमा सरोकारवालाको भूमिका विषयक वक्तृत्वकला प्रतियोगिताको आयोजना गरेको छ । रेडियोको १४ औं वार्षिकोत्सव एवम् रेडियोको सन्चालक संस्था दिव्यतारा बहुउद्देश्यीय सहकारी संस्थाको २६ औं स्थापना दिवसको सन्दर्भमा आयोजित सप्ताहव्यापी कार्यक्रम अन्तर्गत आइतबार वक्तृत्वकलाको आयोजना गरिएको हो । प्रतियोगितामा हेटौंडा–६ की शितिष्मा उप्रेती प्रथम,...
संघीय सरकार नछाड्ने जनमतको निर्णय
काठमाडौं । जनमत पार्टीले संघीय सरकार नछाड्ने निर्णय गरेको छ । आइतबार बानेश्वरस्थित पार्टी कार्यालयमा बसेको सचिवालयको बैठकले उक्त निर्णय गरेको हो । मधेस सरकार छाडेको जनमत पार्टीले संघीय सरकार नछाड्ने निर्णय गरेको हो । संघीय सरकारमा जनमत पार्टीको एक मन्त्री छन् । जसमा अनिता साह रहेकी छन् ।...
न्युजिल्याण्ड पठाउँछु भनेर ठगेको आरोपमा पक्राउ
काठमाडौं । न्युजिल्याण्ड पठाउँछु भनेर ठगेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सल्यान घर भएका ४६ वर्षीय चन्द्र बहादुर बुढाथोकी र ३३ वर्षीय टोप बहादुर सेजवाल रहेका छन् । प्रहरीका अनुसार, उनीहरुले खड्गराज गिरी समेत दुई जनालाई वैदेशिक रोजगारीको लागी न्युजील्याण्ड पठाउँछु भनेर ११ लाख...
आजको मौसमः वर्षाको सम्भावना
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज छिटपुटदेखि हल्का वर्षाको सम्भाजना रहेको जनाएको छ । महाशाखाले लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै स्थानहरू साथै गण्डकी, बागमती र कोशी प्रदेशका पहाडी भू–भागको एक–दुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको जनाएको हो । साथै देशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा...










