माओवादीले मनायो २९ औँ जनयुद्ध दिवस

तु खबर संवाददाता
२०८० फाल्गुन १,मंगलवार १६:०३

काठमाडौं । नेकपा माओवादी केन्द्रले २९ औँ जनयुद्ध दिवस मनाएको छ । मंगलबार राजधानीको प्रज्ञा भवनमा आयोजित विधान अधिवेशन अघि २९ वटा मैनबत्ती बालेर माओवादीले जनयुद्ध दिवस मनाएको हो ।

उक्त मैनबत्ती प्रधानमन्त्री एवम् आमोवादी पार्टीका केन्द्रीय अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले बालेका थिए । सो क्रममा जनयुद्धका मृतक र बेपत्ताहरूको सम्झनामा मौन धारण पनि गरिएको थियो ।

२०५२ साल फागुन १ देखि माओवादीले सुरु गरेको सशस्त्र जनयुद्ध १० वर्षसम्म चलेको थियो । त्यसयता फागुन १ लाई माओवादीले जनयुद्ध दिवसको रूपमा मनाउँदै आएको छ ।