माओवादीको विधान मस्यौदामाथि छलफल गर्न २० समूह गठन

तु खबर संवाददाता
२०८० फाल्गुन १,मंगलवार १६:११

काठमाडौं । नेकपा माओवादी केन्द्रको जारी विधान सम्मेलनमा संशोधित मस्यौदामाथि छलफल गर्न २० समूह गठन गरिएको छ ।

काठमाडौंको प्रज्ञा भवनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उद्घाटन गरेको विधान सम्मेलनमा संशोधित मस्यौदामाथि छलफल गर्न २० समूह गठन गरिएको हो ।

समूहमा छलफल गरेर टोली नेताले सुझाव पेस गर्नेछन् । तीन दिनसम्म संचालन हुने उक्त सम्मेलनले मौजुदा विधानमा हेरफेर गर्ने जनाइएको छ ।